आफन्तको खोजीमा माइतीघर पुगे परिवार : ‘हामी कति दिन घरमै बसेर रुने ?’

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २२, सोमबार (३ घण्टा अघि)
  • २ पटक पढिएको
आफन्तको खोजीमा माइतीघर पुगे परिवार : ‘हामी कति दिन घरमै बसेर रुने ?’

काठमाडौं, २२ भदौ। रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग गर्दै आफन्तहरु काठमाडौं आइपुगेका छन् ।

१३ दिनसम्म पनि सुरुङमा फसेका आफन्तहरुको खोजी नगरिदिएको गुनासो गर्दै उनीहरुले आज माइतीघरमा धर्ना दिएका छन् ।

दुई साता पुग्न लाग्दा पनि सरकारले सुरुङमा फसेका आफन्तहरुको खोजीमा ध्यान नदिएको उनीहरुको गुनासो छ ।

‘कति दिन घरमा बसेर कुर्ने ?’, ‘कति दिन घरमा बसेर रुने ?’ भन्दै उनीहरुले माइतीघरमै आएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

माइतीघर आएका आफन्तहरुले आफूहरुलाई घटनास्थल जान पनि रोकिएको बताएका छन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस