एकैदिन १२ हजारभन्दा बढीले घट्यो सुनको भाउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ५, शुक्रबार (१२ घण्टा अघि)
  • ६४ पटक पढिएको
एकैदिन १२ हजारभन्दा बढीले घट्यो सुनको भाउ

रौतहट,०४ मंसिर।  शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँ घटेको छ । योसँगै सुनको भाउ साढे २ लाखमुनि झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घटेपछि नेपालमा प्रभाव परेको महासंघले जनाएको छ ।

त्यस्तै चाँदी आज तोलामा २२५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ११० रुपैयाँमा झरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस