
उदयपुर ,०४ मंसिर। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको रौतामाई गाउँपालिका–६ बस्ने १९ वर्षीय सोम बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि अस्थायी प्रहरी पोष्ट रौतापोखरीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तामाङमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
