प्रेमिकाको कोठामा २० वर्षीय युवकको रहस्यमय मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ५, शुक्रबार (११ घण्टा अघि)
  • ६५ पटक पढिएको
प्रेमिकाको कोठामा २० वर्षीय युवकको रहस्यमय मृत्यु

सर्लाही,०४ मंसिर। सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक २० वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्। प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका अमित चौधरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा चौधरी अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी पुर्‍याइएको थियो। तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण खुल्न सक्ने प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले मृतककी प्रेमिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। युवकको मृत्युको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाका विभिन्न पक्षबारे अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस