
काठमाडौं,०४ मंसिर। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी अगाडि बढाएको छ । यस अन्तर्गत राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफल गरिरहेको छ ।
निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरू सहभागी छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पुगेका थिए । तर उनी पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा बस्न भनेर आफू बाहिरिएका छन् ।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल आगामी २०८४ साल वैशाख ३० मा सकिँदैछ ।
गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुन्छ । अघिल्लो निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन अब करिब पाँच महिना बाँकी छ ।
यो पृष्ठभूमिमा निर्वाचन आयोगले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफल गरेको हो ।
