
प्रधानमन्त्री बालेन्द्र शाह आइतबार दुई दिने भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै भ्रमणबारे औपचारिक जानकारी गराएको छ ।
परराष्ट्र सचिव अमृत राईले प्रधानमन्त्रीको भ्रमण दलमा ३४ जना सदस्य रहने बताए । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रधानमन्त्रीसँग भारत जाने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शाहको टोली आइतबार १:४५ बजेको नेपाल वायु सेवा निगमको नियमित उडानबाट प्रस्थान गर्ने भएका छन् ।
