ओमानविरुद्ध नेपालको ब्याटिङ धराशायी, १४७ रनमै अलआउट

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २५, बिहिबार (१२ मिनेट अघि)
  • ३१ पटक पढिएको
ओमानविरुद्ध नेपालको ब्याटिङ धराशायी, १४७ रनमै अलआउट

काठमाडौं, २५ भदौ। मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपाल ओमान विरुद्ध १४७ रनमा अलआउट भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाएको हो ।

दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । बसिर अहमदले ४७ रन बनाए । नेपाल ३६-४ को संकटपूर्ण अवस्थामा हुँदा दीपेन्द्र र बसिर मिलेर ९३ रनको साझेदारी गरेका थिए ।

देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन । नेपालले २३ रनमा पहिलो विकेट गुमाएर ३६-४ को अवस्थामा पुगेको थियो भने त्यसपछि १२९-५ हुँदै १४७ रनमा अलआउट नै भयो ।

ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन मात्र दिएर ३ विकेट लिए । हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले १-१ विकेट लिए ।

ताजा अपडेट

खोजी गर्नुहोस