कप्तानगञ्ज घटनाका रवीन्द्रको शव बुझ्न परिवारको अस्वीकार, गृहमन्त्री अस्पतालतर्फ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १९, मंगलबार (९ घण्टा अघि)
  • ५७ पटक पढिएको
कप्तानगञ्ज घटनाका रवीन्द्रको शव बुझ्न परिवारको अस्वीकार, गृहमन्त्री अस्पतालतर्फ

सुनसरी, १९ साउन। सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको शव बुझ्न आफन्तहरूले मानेका छैनन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मेहताको निधन भएको थियो ।

अहिले अस्पतालमा मेहताका आफन्तहरूले धर्ना दिएका छन् । उनीहरूले गृहमन्त्री सुधन गुरुङ आफैं आएर आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।

गृहमन्त्री निकट स्रोतका अनुसार, गुरुङ केहीबेरमा त्रिवि शिक्षण अस्पताल जाँदैछन् ।

आफूहरूको माग पूरा नभइ शव नउठाउने अडान उनीहरूले लिएपछि गृहमन्त्री गुरुङ जान लागेका हुन् ।

स्रोतका अनुसार गृहमन्त्री गुरुङ दिउँसो १ बजेदेखि नै हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग छलफलमा थिए ।

उक्त छलफल सकिन लागेको र केहीबेरमै त्रिवि शिक्षण अस्पताल जान लागेको उनी निकट स्रोतले बतायो ।

ताजा अपडेट

खोजी गर्नुहोस