कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ९, मंगलबार (५२ मिनेट अघि)
  • ४३ पटक पढिएको
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा

काठमाडौ, ०९ भदौ। नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ ।

निवेदनमाथि ११ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । देउवा समूहको वारेस भएर अधिवक्ता श्रवणकुमार देवले निवेदन लिएर गएका थिए ।

सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ ।

अब पुनरावलोकनको मुद्दाको टुंगो नलाग्दासम्म १५ महाधिवेशन गर्ने नमिल्ने जिकिर गर्दै देउवा समूहले निवेदन दिएको हो ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस