कृष्णभीरको सडक भासिएपछि प्राविधिक अध्ययन सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १४, आईतबार (१ महिना अघि)
  • १०२ पटक पढिएको
कृष्णभीरको सडक भासिएपछि प्राविधिक अध्ययन सुरु

काठमाडौ, १४ भदौ। सडक विभागले मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने कृष्णभिरमा भासिएको सडकको प्राविधिक अध्ययन थालेको छ ।

धादिङ बेनिघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभिरमा नदीले सडक कटान गर्दा भासिएको छ । विभागका महानिर्देशक डा. विजय जैसीका कारण आज प्राविधिक पुगेर त्यस क्षेत्रको अध्ययन गर्दैछन् । सोही टोलीले दिने सुझावका आधारमा सडक पुन: सुरु गर्न काम थालिने छ ।

नदी किनारमा लगाइएको पर्खाल कटानमा परेसँगै सडक भासिएको हो । जसले गर्दा अहिले मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध छ ।

‘एक त आफैंमा यो जटिल भूगोल भएको क्षेत्र हो,’ उनले भने,  ‘त्यसमाथि नदीले तलबाट कटान गरिरहेका कारण जोखिम मूल्यांकनपछि हामी निर्णय लिन्छौं ।’

१० भदौको बाढीपछि गल्छी क्षेत्र डुबानमा पर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । गल्छीको अवरोध हटाएर राजमार्ग पुन: सुरु गरेको दोस्रो दिनमै पृथ्वी राजमार्ग पुन: अवरुद्ध हुन पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस