केयू उपकुलपति छनोटका लागि शिक्षा मन्त्रीको अध्यक्षतामा सर्च कमिटी गठन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १९, मंगलबार (१० घण्टा अघि)
  • २६ पटक पढिएको
केयू उपकुलपति छनोटका लागि शिक्षा मन्त्रीको अध्यक्षतामा सर्च कमिटी गठन

काठमाडौ, १९ जेठ। काठमाडौं विश्वविद्यालयको उपकुलपतिको नाम सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटी गठन भएको छ ।

मंगलबार बसेको केयूको सभाले शिक्षामन्त्री सस्मित पोखरेको संयोजकत्वमा कमिटी गठन गरेको हो ।

एक सिनेट सदस्यका अनुसार सदस्यमा केयूका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य सर्च कमिटीको सदस्य रहेका छन् । सर्च कमिटीले मापदण्ड बनाएर उपकुलपति छनोटको प्रक्रिया अगाडि बढाउने छ ।

अध्यादेशबाट विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाइएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस