काठमाडौंमा प्रहरीको विशेष अभियान, ९२ जना नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १२, बुधबार (१ दिन अघि)
  • ६३ पटक पढिएको
काठमाडौंमा प्रहरीको विशेष अभियान, ९२ जना नियन्त्रणमा

काठमाडौं,११ कात्तिक।  जिल्ला प्रहरी परिसर काठमाडौंले स्विप अपरेसन चलाएर २४ घण्टाको अवधिमा ९२ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँहरूबाट ९२ जनालाई पक्राउ गरिएको परिसरका प्रवक्ता तथा एसपी दानबहादुर थापाले बताए । पक्राउ परेका मध्ये ८४ पुरुष र ८ महिला छन् ।

अपराध रोकथाम तथा नियन्त्रण र समाजमा शान्ति सुव्यवस्था कायम गर्न उच्छृङ्खल गतिविधि गर्ने तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई विशेष निगरानी गर्दै कारबाही गरिएको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस