सर्लाहीमा सडक दुर्घटना : मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १२, बुधबार (१ दिन अघि)
  • ५४ पटक पढिएको
सर्लाहीमा सडक दुर्घटना : मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही ,११ कात्तिक। सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

हरिपुर नगरपालिका–४ हरैयास्थित सडकमा मलंगवाबाट हरिपुरतर्फ आउँदै गरेको बीआर ०६ सिएल १४७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय युगेश्वर सिंहको मंगलबार साँझ मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा उपचार भइरहेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस