कोशीमा नेकपाका चार मन्त्री चयन, जीवन आचार्य पनि सूचीमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १, सोमबार (२ घण्टा अघि)
  • ३६ पटक पढिएको
कोशीमा नेकपाका चार मन्त्री चयन, जीवन आचार्य पनि सूचीमा

विराटनगर, ०१ भदौ। नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ ।

आन्तरिक छलफलपछि सोमबार दिउँसो ४ मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको हो ।

नेकपा कोशी प्रदेश इञ्चार्ज राजेन्द्र राईका अनुसार जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन् । उनी अघिल्लोपटक पनि मन्त्री थिए । आचार्य नेकपा संयोजक प्रचण्डका छोरीज्वाइँ हुन् ।

गीता तिम्सिनालाई सामाजिक विकास मन्त्री बनाइने भएको छ । गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । खिनु लङ्वा लिम्बुलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने छिन् ।

सपना  दर्जीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइने छ ।

नयाँ मन्त्रीको सपथ आजै दिउँसो ४ बजे गर्ने तयारी रहेको प्रदेश इञ्चार्ज राईले बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस