गरिमा हत्याविरुद्ध काठमाडौंमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ५, शुक्रबार (२ हप्ता अघि)
  • ७० पटक पढिएको
गरिमा हत्याविरुद्ध काठमाडौंमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग

काठमाडौ, ०५ भदौ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै आज काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

अधिकारकर्मी र आफन्तहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘गरिमालाई न्याय दे’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

गरिमाका लागि न्याय माग्दै उनका परिवारले पनि बारामा प्रदर्शन गर्दै आएका छन् । बारामा उनका आमा–बुवासहित सडकमै धर्ना बसेका कारण वीरगञ्ज–पथलैया सडकखण्ड तेस्रो दिन पनि अवरुद्ध छ ।

बिहीबार राति प्रशासनले स्थानीय व्यक्तिहरूसँग सहमति गरेको भए पनि मृतकका परिवारले आफूहरूको अनुमति बिना सहमति गरिएको भन्दै त्यसलाई नमान्ने घोषणा गरेका छन् ।

गृहमन्त्री सुधन गुरुङ र कानुन मन्त्री सोबिता गौतम आएर नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने मृतकका बाबु मनोज चौधरीको माग छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस