गुण्डागर्दी आरोपमा निराजन पौडेल पक्राउ, अनुसन्धान सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ६, आईतबार (६ दिन अघि)
  • ६७ पटक पढिएको
गुण्डागर्दी आरोपमा निराजन पौडेल पक्राउ, अनुसन्धान सुरु

काठमाडौं, ०६ बैशाख। गुण्डागर्दीमा संलग्न आरोपमा प्रहरीले निरे भनेर चिनिने निराजन पौडेललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई वैशाख ३ मा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । भट्टराईले भने, ‘पौडेलमाथि अनुसन्धान भइरहेको छ ।’

पछिल्लो समय ठेक्कापट्टा गर्दै आएका पौडेल मिलन चक्रे समूहमा रहेर गुण्डागर्दीमा संलग्न रहेको आरोप छ । यसअघि उनीविरुद्ध हातहतियार, ज्यान मार्ने उ्रद्योग र अभद्र व्यवहार सम्बन्धी ६ वटा मुद्दा दर्ता भएको थियो । अहिले उनी सातौँ मुद्दामा पक्राउ परेका हुन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस