ग्रीस–स्पेन पठाउने भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ६, शुक्रबार (१ महिना अघि)
  • ८७ पटक पढिएको
ग्रीस–स्पेन पठाउने भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

काठमाडौं, ०६ चैत। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र स्पेन पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ नागार्जुन नगरपालिका–३ बस्ने काभ्रे रोशी गाउँपालिका–६ घर भएका ३८ वर्षीय रकमबहादुर लोप्चन तामाङ र काठमाडौँ महानगरपालिका– ३१ बस्ने सिराहा मिर्चैया नगरपालिका–३ घर भएका २२ वर्षीय लक्ष्मणकुमार यादव रहेका छन् ।

पक्राउ पर्नेमध्ये रकमबहादुरले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रुपैयाँ र लक्ष्मण कुमारले स्पेन पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रकम बहादुरलाई काठमाडौँ महानगरपालिका–१३ बाट र लक्ष्मण कुमारलाई काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस