प्रहरीले कार चालक विराटनगर महानगरपालिका–१३ का ३५ वर्षीय विवेक सिंहलाई नियन्त्रणमा लिएको झापा जिल्ला प्रहरी कार्यालयका डीएसपी रञ्जन अवाले जानकारी दिए।

विराटनगर, ०२ साउन। झापाको गौरीगन्जमा कारले मोटरसाइकललाई ठक्क दिँदा दुई जनाको मृत्यु भएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत गौरीगन्ज–२ कृष्ण खोला नजिक भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहमद नुर स्लाम र सोही ठाउँका ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको हो । मोहमद नुर मोटरसाइकल चालक हुन् । हक मोटरसाइकल पछाडि बसेका थिए ।
प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्र१-०२-००२ च ५१०१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको बीआर३८एच ५५४७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो १ बजेतिर ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक स्लामको झापाको दमकस्थित दमक अस्पतालमा उपचारका क्रममा दिउँसो २:४० बजे मृत्यु भएको थियो । पछाडि सवार हकको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा दिउँसो ३:१० बजे मृत्यु भएको हो ।
प्रहरीले कार चालक विराटनगर महानगरपालिका–१३ का ३५ वर्षीय विवेक सिंहलाई नियन्त्रणमा लिएको झापा जिल्ला प्रहरी कार्यालयका डीएसपी रञ्जन अवाले जानकारी दिए।
