टनेलमा फसेकाको उद्धारस्थलमा पुगे प्रधानसेनापति सिग्देल

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १८, बिहिबार (१ घण्टा अघि)
  • २७ पटक पढिएको
टनेलमा फसेकाको उद्धारस्थलमा पुगे प्रधानसेनापति सिग्देल

काठमाडौं, १८ भदौ। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल खोज तथा उद्धार कार्यको अनुगमनका लागि रसुवा–नुवाकोट पुगेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्दले आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि उक्त स्थानमा पुगेका हुन् ।

उनले टनेलका साथै अन्य क्षेत्रहरूको समेत अवलोकन गरी सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहाकार्य गर्दै उच्च मनोबलका साथ खोज उद्धार गर्न निर्देशन दिएका छन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस