ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १, सोमबार (६ दिन अघि)
  • ५७ पटक पढिएको
ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु

काठमाडौं, ०१ भदौ। कैलालीको बर्दगोरिया गाउँपालिका-१ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

सोमबार बिहान करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु.प्र.०१०१० प ००४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर कैलालीको बर्दगोरिया गाउँपालिका–४ की ६२ वर्षीया सावित्री देवी सापकोटा गम्भीर घाइते भएकी थिइन् ।

सापकोटाको दोदोधरा अस्पताल प्रालि मुडागाउँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक नवलपरासीको (सुस्तापूर्व) कावासोती नगरपालिका–१६ डण्डा बस्ने २६ वर्षीय दिनेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस