डिजिटल बजारमा छुटको होडबाजी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १२, सोमबार (३ हप्ता अघि)
  • ६५ पटक पढिएको
डिजिटल बजारमा छुटको होडबाजी

काठमाडौँ १२ असोज ।‘सेल, सेल’, ‘दसैं अफर’, ‘७० प्रतिशतसम्म छुट’, ‘एउटा किन्दा अर्को फ्रि’

दसैं नजिकिँदै गर्दा सामाजिक सञ्जालमा यस्ता भिडियो प्रशस्त देखिन्छन् । दसैंलक्षित छुट र अफरका भिडियो टिकटक, फेसबुक र इन्स्टाग्रामका रिलमा छाउन थालेपछि पसलमा लागेको ‘सेल’को जानकारी ग्राहकसम्म पुग्ने माध्यम फेरिएको छ ।

पहिले पसलमा राखिएका बोर्ड, पोस्टर र प्रचार सामग्रीमार्फत ग्राहकलाई छुटबारे जानकारी हुन्थ्यो । ग्राहकले बजार पुगेपछि मात्रै छुट सेलबारे थाहा पाउँथे । तर अहिले सामाजिक सञ्जालमा छुट र अफरको भिडियो हेरेपछि मात्रै ग्राहक बजारमा पुग्ने गरेको व्यवसायी बताउँछन् ।

व्यवसायीले पनि सामाजिक सञ्जालमा सामानकै फोटो र भिडियो राखेर प्रचारप्रसार गर्दै ग्राहकलाई पनि आकर्षित गर्न थालेका छन् । पुरानो बानेश्वरस्थित ‘आभ्या त्राफ्ट एन्ड एपरल्स’ ले आफ्ना सामानमा ५० प्रतिशतसम्म छुट दिएको छ । पसलमा सेल, ५० प्रतिशत अफ, सेल स्पेसल अफरका स्टिकर राखिएका छन् ।

बालबालिका र महिलाका पहिरन कुर्ता–सुरुवाल, टप्स, कर्ट सेट, टिसर्ट पहिरनमा छुट दिइएको छ । कम्पनीका यी छुट अफर फेसबुक इन्टाग्राममा पनि छन् । ग्राहकहरू भिडियो हेरेर स्क्रिन सट देखाउँदै पसलसम्म आइपुग्ने बिक्रेता कोपिला पुजाराले बताइन् । अहिले पसलमा भएका सामान र छुटबारे ग्राहकले डिजिटल माध्यमबाट जाने लिने गरेको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस