ड्रोन आक्रमणले बगदादस्थित अमेरिकी दूतावासमा तनाव सिर्जना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ३, मंगलबार (१ महिना अघि)
  • १४१ पटक पढिएको
ड्रोन आक्रमणले बगदादस्थित अमेरिकी दूतावासमा तनाव सिर्जना

काठमाडौँ, ०३ चैत। इराकको बगदादमा अवस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेटबाट आक्रमण भएको छ । समाचार एजेन्सीहरू रोयटर्स र एएफपीका अनुसार अमेरिकी दूतावासमा कयौं ड्रोन र रकेटबाट आक्रमण गरिएको हो ।

इराकको सुरक्षा स्रोतले एएफपीसँग पछिल्ला केही दिनदेखि भइरहेका आक्रमणमध्ये पछिल्लो आक्रमण सबैभन्दा भीषण आक्रमण भएको बताएको बीबीसीमा समाचार छ ।

आक्रमणभन्दा झण्डै छ घण्टा अघि दूतावासले इराकमा रहेका अमेरिकी नागरिकहरूका लागि सुरक्षा अलर्ट जारी गरेको थियो ।

सुरक्षा अलर्टमा भनिएको थियो, ‘इरानसँग जोडिएका आतंकवादी मिलिशियाले पटक–पटक मध्य बगदादको इन्टरनेशनल जोनमा आक्रमण गरिसकेका छन् ।’

समाचारमा आक्रमणबाट भएको क्षतिबारे केही खुलाइएको छैन । यसअघि गत साता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस