तोकिएको तलब नपाए गुनासो दिन खिमा बिकको आग्रह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १८, बुधबार (५ महिना अघि)
  • २३१ पटक पढिएको
तोकिएको तलब नपाए गुनासो दिन खिमा बिकको आग्रह

काठमाडौं, १८ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित तथा नर्स समेत रहेकी सांसद खिमा बिकले नर्सिङ आन्दोलनपछि तोकिएको तलब नपाएका स्वास्थ्यकर्मीलाई गुनासो दर्ता गर्न आग्रह गरेकी छन्।

सांसद बिकले एक सूचना जारी गर्दै विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आन्दोलनपछिको सहमति अनुसार पारिश्रमिक नपाएको अवस्था भए सम्बन्धित विवरण उपलब्ध गराउन अनुरोध गरेकी हुन्। उनले अस्पतालको नाम र स्थान उल्लेख गरी आफ्नो व्हाट्सएप नम्बर 9847884630 मा एसएमएसमार्फत जानकारी दिन आग्रह गरेकी छन्।

उनका अनुसार, बोन्डिङमा कार्यरत स्वास्थ्यकर्मीहरूले पनि यदि सेवा सुविधा नपाएको भए त्यसबारे जानकारी गराउन सक्नेछन्। प्राप्त विवरणका आधारमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी आवश्यक पहल गरिने उनले बताइन्।

“सेवा मुस्कानसहित दिनुहोस् र पारिश्रमिक आफ्नो अधिकारअनुसार लिनुहोस्,” भन्दै उनले अधिकारबाट वञ्चित भए नडराई जानकारी गराउन स्वास्थ्यकर्मीहरूलाई आह्वान गरेकी छन्।

सांसद बिकले गुनासो दिने व्यक्तिको पहिचान गोप्य राखिने समेत स्पष्ट पारेकी छन्।

ताजा अपडेट

खोजी गर्नुहोस