त्रिशूली थ्री–ए सुरुङ फेला, उद्धारका लागि विज्ञ भित्र पठाइँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १४, आईतबार (१ घण्टा अघि)
  • ३८ पटक पढिएको
त्रिशूली थ्री–ए सुरुङ फेला, उद्धारका लागि विज्ञ भित्र पठाइँदै

काठमाडौ, १४ भदौ। नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले सुरुङ फेला पारेको छ ।

तीन दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको नेपाल विद्युत विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणको टिम तथा सुरुङ विज्ञहरूको टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्ने सुरुङ भेट्टाएको उनले जानकारी दिए ।

अब सुरुङको पोर्ट सफा गरेपछि अक्सिजनसहित उद्धारकर्मीलाई टनेलभित्र पठाउने तयारी भइरहेको छ। उनले बताए ।

‘यो सुरुङबाट मान्छे भित्र छिर्न मिल्छ र भित्र फसेकाहरूको उद्धार गर्न पनि मिल्छ,’ उनले भने, ‘अक्सिजन छिराउने प्वाल हिजै पारेकाले फसेकाहरू सकुशल हुने आशा छ । चाँडै उद्धारको प्रयास भइरहेको छ ।’

उद्धारकर्मीले भित्रको अवस्था प्रत्यक्ष रूपमा निरीक्षण गर्दै अगाडि बढ्ने र उद्धारकर्मीसँग क्यामरा पनि पठाइने बताइएको छ । त्यस क्यामेराबाट भित्रको वास्तविक अवस्था बाहिरबाट हेर्न सकिने जनाइएको छ । पोर्टबाट करिब १८० मिटर अगाडि गएपछि काम भइरहेको सम्भावित स्थानमा पुग्न सकिने अनुमान छ, जहाँ पुगेपछि भित्र फसेका व्यक्तिहरूको वास्तविक अवस्था, स्थान र सुरक्षाको स्थिति बारे थप स्पष्ट जानकारी प्राप्त हुने उद्धारकर्ताहरुले जनाएका छन् ।

यसअघि उद्धार टोलीले भित्र हावा पठाउन पाँचवटा ड्रिल (प्वाल) बनाएको थियो ।

हालसम्म ड्रिल गर्ने र भित्रको अवस्था बुझ्ने प्रयास गरिरहेको सांसद् तथा सुरुङविज्ञ श्रीराम न्यौपानेले बताए । उनले उद्धार क्षेत्रमै बसेर यो प्रक्रियाको नेतृत्व गरिरहेका छन् । न्यौपानेले पनि टनेल भटिएको खबर दिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार परियोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारको काम बाढी गएको दुई दिनपछि शुक्रबारमात्रै थालिएको थियो । पाँच दिनसम्म पनि सुरुङ छिचोल्न नसकिएकाले भित्र फसेका जीवनको बारेमा चिन्ता थपिँदै गएको अधिकारीहरू बताउँछन् ।

आयोजनाको जमिनमुनि रहेको विद्युत् गृहको ओभरहलिङमा त्यहाँ करिब ४०–४२ जना उच्च विज्ञसहितको प्राविधिक जनशक्तिले काम गरिरहेको र उनीहरू सुरुङभित्र फसेको अनुमान विद्युत् प्राधिकरणको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस