दुई कोइरालाबीच खड्काले थाले संस्थापनइतर कांग्रेस बैठक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १७, मंगलबार (३ हप्ता अघि)
  • १०८ पटक पढिएको
दुई कोइरालाबीच खड्काले थाले संस्थापनइतर कांग्रेस बैठक

काठमाडौं, १७ चैत। नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । बैठक काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको हो ।

पार्टीको विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू भेलामा सहभागी छन् । भेलामा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन् । भेलामा पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरू उपस्थित भेलाले चुनावी समीक्षा गर्ने, १५औं महाधिवेशनको मितिबारे छलफल गर्नेलगायत एजेन्डा तय गरिएको छ ।

बैठक नेता पूर्णबहादुर खड्काले सञ्चालन गरेका छन् । उनले शेखर कोइराला र शशांक कोइरालालाई दायाँबायाँ राखेर बैठक सञ्चालन गरेका हुन् । शेखर पुगेसँगै खड्काले सबै नेतालाई आ-आफ्नो ठाउँ मा बसिदिन आग्रह गरेर बैठक अघि बढाए ।

बैठकमा १४ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्य गरी ६४ र दुई प्रदेश सभापति सहभागी छन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस