देशमा फेरि गोली चलाउने दुस्साहस नहोस् : गृहमन्त्री गुरुङ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २३, मंगलबार (५८ मिनेट अघि)
  • ४२ पटक पढिएको
देशमा फेरि गोली चलाउने दुस्साहस नहोस् : गृहमन्त्री गुरुङ

काठमाडौं, २३ भदौ। गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर जगाइराख्ने बताएका छन् ।

जेनजी शहीदहरूको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ– सुशासन के हुन्छ भनेर । जरी त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु,’ गृहमन्त्री गुरुङले भने ।

उनले आफू मन्त्री, दाइ, भाइ, छोरा रहेको बताउँदै गोली चलेमात्रै आफू ढल्ने र देशमा अहिले गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने जिकिर गरे ।

‘तपाईंको यो मन्त्री, दाई भाई छोरा एउटै कुराले ढल्छ । त्यो भनेको अर्को गोली चल्नुपर्छ । अर्को गोली चल्नका लागि यो देशमा कसैले हिम्मत गर्न सक्दैन । म तपाईंहरूलाई विश्वास गराउन चाहन्छु,’ उनले भने ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस