धनगढीमा अवैध प्लास्टिकजन्य सामग्री बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ५, मंगलबार (३ दिन अघि)
  • ३८ पटक पढिएको
धनगढीमा अवैध प्लास्टिकजन्य सामग्री बरामद

धनगढी, ०५ साउन। धनगढीमा २७ लाख बढिका प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद गरिएको छ ।  उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले धनगढी उपमहानगरपालिका–४ मा गणेश ओझाले सञ्चालन गरेको कौशल ट्रेडर्स एण्ड सप्लायर्सको गोदाममा खानतलासी गरेर ती सामग्री बरामद गरिएको जनाकारी दिए ।

उनकाअनुसार वडा प्रहरी कार्यालय धनगढी, शस्त्र प्रहरी बल नेपाल नं. ३४ गण, नगर प्रहरी, धनगढी उपमहानगरपालिका तथा भन्सार कार्यालयका कर्मचारीहरूको संयुक्त टोलीले सोमबार साँझ बरामद गरिएका सामग्रीमा प्लास्टिकका झोला, कप, कचौरा, थाल, चम्चा, गिलासलगायतका ५२८ बोरा र ४४ वटा कार्टुन रहेका छन्।

बरामद सामग्री आवश्यक कारबाहीका लागि धनगढी उपमहानगरपालिकालाई बुझाइएको प्रहरीले जनाएको छ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस