प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको रकम १८ अर्ब नाघ्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १०, सोमबार (५७ मिनेट अघि)
  • ४४ पटक पढिएको
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको रकम १८ अर्ब नाघ्यो

काठमाडौं,०९ कात्तिक। प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कोषमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग आउने क्रम बढेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म कोषका विभिन्न बैंक खातामा कुल मौज्दात १८ अर्ब नाै करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ।

कार्यालयका अनुसार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा १३ अर्ब ४८ करोड चार लाख २९ हजार ६४ रुपैयाँ मौज्दात रहेको छ।

त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा गरी तीन करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।

प्राकृतिक विपतबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले कोषमा रकम संकलन भइरहेको छ। कोषमा प्राप्त आर्थिक सहयोग विपत् व्यवस्थापन तथा प्रभावित क्षेत्रका नागरिकलाई आवश्यक सहायता उपलब्ध गराउन उपयोग गरिनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस