नवलपरासी कारागार प्रकरण: १८० कैदी अझै फरार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २, सोमबार (१ महिना अघि)
  • १६० पटक पढिएको
नवलपरासी कारागार प्रकरण: १८० कैदी अझै फरार

काठमाडौँ, ०२ चैत। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावपूर्ण अवस्थाका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० जना अझै फरार रहेका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदी भागेका थिए। तीमध्ये ३६२ जना पुनः नवलपरासी कारागारमा फर्किएका छन् भने चार जना अन्य कारागारमा बसेको कारागार प्रशासन नवलपरासीले जनाएको छ।

केही कैदी आफैँ फर्केर आएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेर पुनः कारागार पठाएको थियो। हालसम्म १५० पुरुष र ३० महिला कैदी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ। कारागार प्रशासनले फरार कैदीलाई समयमा नै कारागार फर्किन आग्रह गर्दै सूचना जारी गरेको थियो।

कैदी भाग्नुअघि नवलपरासी कारागारमा कुल ५७५ कैदी थिए, जसमा ४१ जना विदेशी (भारतीय) कैदी पनि रहेका थिए। भारतीय कैदीमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेर कारागार बुझाएको भए पनि ३८ जना अझै फरार रहेका छन्। फरार कैदीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस