
काठमाडौ, १५ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकोटको त्रिशूली पुगेका छन् । बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण र उद्धार कार्यको अपडेट लिन नुवाकोट पुगेका मन्त्री श्रेष्ठले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँगै छलफल थालेका छन् ।
गृहमन्त्री गुरूङ सैन्य तालिम केन्द्रमै बसेर उद्धारको लागि समन्वय गरिरहेका छन् । जलविद्युत् आयोजनाको सुरूङको उद्वारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरण ब्रिफिङ गरेका छन् ।
