नुहाउने क्रममा बग्दा महाकालीमा एक बेपत्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १८, बुधबार (३ हप्ता अघि)
  • १३० पटक पढिएको
नुहाउने क्रममा बग्दा महाकालीमा एक बेपत्ता

काठमाडौं, १८ चैत। महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडुका अनुसार, हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उनी बुधबार बिहान बेपत्ता भएका हुन् ।

उनको खोजी जारी छ । यसैबीच, पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउदको शव सोमबार सोही नदीकिनारमा फेला परेको जनाइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस