नेपालका लागि भारतको पाँचौँ खेपको राहत सहयोग आइपुग्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १७, बुधबार (१ घण्टा अघि)
  • ६६ पटक पढिएको
नेपालका लागि भारतको पाँचौँ खेपको राहत सहयोग आइपुग्यो

काठमाडौं, १७ भदौ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले पाँचौँ लटको सहयोग पठाएको छ ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान पाँचौं खेपको सहयोग विमानमार्फत नेपाल पठाएको जानकारी गराएका छन् ।

उनले उद्धार तथा खोजीका लागि विशेष उपकरणसहित ११ जनाको उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधिक लिएर विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिए ।

यसअघि १४ भदौमा भारतले बाढी प्रभावितका लागि ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपाल पठाएको थियो ।

नेपालमा हाल उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ। भारतसहित विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूले प्रभावित क्षेत्रका लागि सहयोग उपलब्ध गराइरहेका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस