
काठमाडौ, १४ भदौ। पद्म ज्योति समूहले बाढी पीडितहरुका लागि राहत तथा पुनर्स्थापनाका लागि एक करोड सहयोग गरेको छ ।
समूहले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमामा एक करोड रुपैयाँ जम्मा गरेको हो ।
बाढी प्रभावितहरूको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको समूहले जनाएको छ ।
