पर्सागढीमा सालको काठ बरामद, तस्कर फरार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १, आईतबार (५ महिना अघि)
  • २५२ पटक पढिएको
पर्सागढीमा सालको काठ बरामद, तस्कर फरार

पर्सा, ०१ चैत। पर्साको पर्सागढी नगरपालिका क्षेत्रबाट प्रहरीले दुई वटा साइकलसहित सालको काठ बरामद गरेको छ।

प्रहरीका अनुसार राष्ट्रिय वनबाट काँचो सालको रुख काटी साइकलमा लोड गरी ल्याइरहेको अवस्थामा विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठ बरामद गरेको हो। प्रहरी चौकी बढनिहार का प्रहरी सहायक निरीक्षक (प्रसनि) संजय पाँडेको नेतृत्वमा खटिएको टोलीले पर्सागढी नगरपालिका–४ बर्वाटाडी क्षेत्रबाट दुई वटा साइकलसहित दुई थान सालको काठ बरामद गरेको जनाएको छ।

प्रहरीलाई देख्नेबित्तिकै काठ तस्करहरू साइकल र काठ छोडेर फरार भएको प्रहरीले जनाएको छ।

बरामद गरिएको काठ र साइकल प्रहरी चौकी बढनिहारमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस