पार्किङमा राखिएको ट्याक्टर गुडेर बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३२, बिहिबार (१२ घण्टा अघि)
  • ६६ पटक पढिएको
पार्किङमा राखिएको ट्याक्टर गुडेर बालकको मृत्यु

बुटवल, ३२ असार। प्युठानको नौबहिनी गाउँपालिका–०५ डामृ स्थित रोकी राखिएको ट्याक्टरमा खेल्ने क्रममा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् ।

प्रहरीका अनुसार भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेलिरहेका बेला ट्याक्टर एक्कासी ब्याक भई करिब ४०० मिटर तल खस्दा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । साथै, सोही स्थानका रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारस बुढा मध्यम घाइते भएका थिए ।
दुवै बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएकोमा चिकित्सकले कुण्डन घर्तीको मृत्यु भएको छ भने अर्का घाइते पारस बुढालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ निवासी २१ वर्षीय विकास परियार र ट्याक्टर साहुलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस