पूर्वप्रधानन्यायाधीश पक्राउबारे सदनमा प्रश्न, प्रधानमन्त्रीको खोजी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १२, सोमबार (३ हप्ता अघि)
  • ८८ पटक पढिएको
पूर्वप्रधानन्यायाधीश पक्राउबारे सदनमा प्रश्न, प्रधानमन्त्रीको खोजी

काठमाडौं ,१२ असोज। श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले सदनमा प्रधानमन्त्री बालेन शाह खोजेको छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम राख्न माग गरे।

उनले प्रधानन्यायाधीश पक्राउ प्रकरणमा सरकारले केटाकेटी खेलेजस्तो व्यवहार देखाएको बताए।

उनले थपे, ‘सरकारको केटाकेटी खेले जस्तो र लुकीछिपी गरे जस्तो गतिविधि भइरहेको छ। घरि भरत दाहाललाई पक्रियो छोड्यो, घरि चोलेन्द्र शमशेर पक्रियो छोड्यो। कम्तीमा विषय गम्भीर छ भने गम्भीरतापूर्वक लाग्नुहोला। नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ।

उनले सरकारको गतिविधिको कारणले आफूहरूलाई समेत जनताले थुक्ने परिस्थिति बनेको टिप्पणी गरे। उनले विपद्मा परेर हराएकोहरुलाई खोजी र घाइतेहरूलाई उपचारका लागि माग गरे।

ताजा अपडेट

खोजी गर्नुहोस