पूर्वसांसद डा. विजय पौडेलको निधन, राजनीतिक वृत्तमा शोक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २६, सोमबार (१ दिन अघि)
  • ७१ पटक पढिएको
पूर्वसांसद डा. विजय पौडेलको निधन, राजनीतिक वृत्तमा शोक

२६ असोज, काठमाडौं । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ ।

उनको केहीबेर अघि कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइपुर्‍याउँदै निधन भइसकेको थियो । ‘आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो,’ नकर्मीले अनलाइनखबरसँग भने ।उनी  एमालेको राजनीतिमा लामो समय सक्रिय थिए । एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि उनी एकीकृत समाजवादीमा थिए ‍ । एकीकृत समाजवादी र तत्कालीन माओवादी एकता प्रक्रियामा जाने भएपछि उनी त्यसमा असहमति राख्दै नेकपा संयुक्तमा सक्रिय भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस