साउदीमा आक्रमणबाट घाइते नेपालीको अवस्था स्थिर

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २८, बुधबार (२ घण्टा अघि)
  • ३९ पटक पढिएको
साउदीमा आक्रमणबाट घाइते नेपालीको अवस्था स्थिर

काठमाडौँ ,२८ असोज।  साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको आक्रमणमा परी घाइते भएका दुई जना नेपाली सकुशल रहेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

घाइते दुई जना नेपालीको उपचार चलिरहेको छ । उनीहरू खतराभन्दा बाहिर छन् । चाँडै नै अस्पतालबाट डिस्चार्ज हुने दूतावासका एक अधिकारीले बताए । आक्रमणको क्रममा एक जना नेपाली  पक्राउ परेका थिए । उनलाई पनि त्यहाँको सरकारले छाडेको बताइएको छ । आक्रमणको भिडियो खिचेको भनी ती नेपालीलाई पक्राउ गरेको थियो । उनलाई पनि छाडिसकेको छ ।

हुथी विद्रोहीले गरेको सो आक्रमणमा एक जनाको मृत्यु र ११ जना घाइते भएका थिए । हालको परिस्थितिमा उक्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राखी नेपाली दूतावासले अनुगमनलाई तीव्रता दिएको छ ।

दूतावासले आवश्यक समन्वयको काम गरिरहेको परराष्ट्र मन्त्रालयले पनि जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार यसका लागि नेपाली राजदूतावास, रियाद साउदीका सम्बन्धित निकायहरूसँग सम्पर्क र समन्वयमा रहेको छ ।

सम्बन्धित स्थानीय निकायहरूबाट जारी सूचना र सुरक्षा सम्बन्धी मार्गदर्शनहरूको पूरा अवलम्बन गर्न र कुनै समस्या परेमा तुरुन्त नेपाली राजदूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस