प्रश्नपत्र चुहावट प्रकरणमा स्ववियुको कडा अडान, डीनको राजीनामा माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १०, आईतबार (१ घण्टा अघि)
  • ४१ पटक पढिएको
प्रश्नपत्र चुहावट प्रकरणमा स्ववियुको कडा अडान, डीनको राजीनामा माग

काठमाडौँ, १० साउन। त्रिवि, स्वतन्त्र विद्यार्थी युनियन (स्वविय)ले एमबीएको प्रश्नपत्र बाहिरिएको सम्बन्धमा दुई दिनभित्र छानबनि गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

साथै व्यवस्थापन संकाय डीनले र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी महसुस गरी राजीनामा दिनुपर्ने माग स्ववियले गरेको छ । ‘परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन सक्दैन । दुई दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, प्रश्नपत्र कसरी बाहिरियो ? कसको संलग्नता थियो भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ,’ स्ववियु अध्यक्ष दिपक जोशीले भने ।

दोषीलाई कारबाही नभए व्यवस्थापन संकाय डीन र परीक्षा हेर्ने सहायक डीनले राजीनामा दिनुपर्ने जोशीले बताए ।

प्रहरी आजै लिक गरेको आरोपमा दुई जनालाई पक्राउ गरिसकेको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यस विषयमा छानबिन गर्न समिति पनि गठन भइसकेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस