बञ्चरेडाँडाको फोहोर व्यवस्थापनबारे मेयर र आशिकाबीच चर्काचर्की

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ५, शुक्रबार (१ घण्टा अघि)
  • ३४ पटक पढिएको
बञ्चरेडाँडाको फोहोर व्यवस्थापनबारे मेयर र आशिकाबीच चर्काचर्की

काठमाडौ, ०५ भदौ। बञ्चरेडाँडा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आयोजित कार्यक्रममा सांसद आशिका तामाङसँग स्थानीय तहका प्रमुख (मेयर) हरूको चर्काचर्की भएको छ ।

सिंहदरबारमा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले काठमाडौं उपत्यका सहित प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिबीच छलफल आयोजना गरेका थिए ।

उक्त छलफलमा रास्वपा सांसद तामाङ पनि सहभागी थिइन् । सो क्रममा जनप्रतिनिधिसँग सांसद तामाङको भनाभन भएको हो ।

चर्काचर्कीपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितले उनलाई सम्झाउन खोजेका थिए । यद्यपि सांसद तामाङ भने थप आक्रोशित बनिन् ।

‘त्यतिकै बेस्सरी कराएर हुन्छ ? मेयरसाबलाई कराएर हुन्छ ?,’ मेयर महर्जनले सांसद तामाङलाई प्रश्न गरेका थिए ।

सो प्रश्नको जवाफमा प्रतित्यूर दिँदै सांसद तामाङले भनिन्, ‘आउनु पर्‍यो नि ।’

पुन: मेयर महर्जनले जवाफ फर्काउँदै भने, ‘आउँदै हुनुहुन्छ त ।’

लगत्ततै ‘बञ्चरेडाँडका मान्छे होइन ?,’ तामाङले प्रश्न गरिन् ।

अहिलेसम्म स्थानीय सरकार आँखा चिम्लिएको आरोप उनले लगाएकी थिइन् । भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनी दिँदै सांसद तामाङले बैठक नै छाडेर हिंडिन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस