बाजुरमा खोलाले बगाउँदा एक किशोर बेपत्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २४, बुधबार (८ घण्टा अघि)
  • ५४ पटक पढिएको
बाजुरमा खोलाले बगाउँदा एक किशोर बेपत्ता

काठमाडौं, २४ भदौ। बाजुरमा खोलाले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गगनसिंह भाटका अनुसार मंगलबार दिउँसो बाख्रा चराउन गएका किशोर सोही ठाउँको कालसिङ्गे खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।

घटनाकाबारे स्थानीय खडक भण्डारीले प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए ।

प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको नेतृत्वमा तीन र सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुरा विपद् उद्धार सुरक्षा बेस कोल्टीबाट सात जनाको टोली खटिएर बेपत्ता किशोरको खोजी जारी रहेको जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस