बाजुराको बडीमालिकामा पहिरो : सात घरगोठमा क्षति

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २१, आईतबार (२ दिन अघि)
  • ६० पटक पढिएको
बाजुराको बडीमालिकामा पहिरो : सात घरगोठमा क्षति

काठमाडौं, २१ भदौ। बाजुराको बडीमालिका नगरपालिकामा अविरल वर्षापछि पहिरो खस्दा सात वटा घर-गोठमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुरका अनुसार गए राति ८ बजेदेखि परेको अविरल वर्षापछि माथिबाट पहिरो खस्दा बडीमालिका नगरपालिका-८ कोठ्याराका नरे रावल, वडा नम्बर ९  का करे थापा र दिपक बिकको घरमा क्षति पुगेको छ ।

पहिरोले वडा नम्बर-९ का मोती ओखेडा, धनबहादुर बिक, जंग ओखेडा र तुले लुहारको गोठमा क्षति पुगेको छ ।

घर तथा गोठमा पहिरो खस्दा खाद्यान्न, लत्ताकपडा तथा पशुचौपायमा क्षति गरेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस