बाढीले रसुवागढी भन्सारको संरचना ध्वस्त, क्षतिको विवरण संकलन गरिँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (४५ मिनेट अघि)
  • ३१ पटक पढिएको
बाढीले रसुवागढी भन्सारको संरचना ध्वस्त, क्षतिको विवरण संकलन गरिँदै

काठमाडौ, १० भदौ। तिब्बतबाट आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति भएको पाइएको छ ।

अर्थ मन्त्रालयका अनुसार अहिले कर्मचारीहरूसँग सम्पर्क गर्ने काम भइरहेको छ । धेरै कर्मचारी आफ्नो फोन र सामानहरु छाडेर भागेका छन् । जसले गर्दा सबै विवरण संकलन हुन समय लाग्ने अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार रसुवागढी भन्सारमा ३६ जनाको दरवन्दी थियो । जसमध्ये २ जना बिदामा थिए । रसुवागढी भन्सारको यार्डमा रहेका सबै सवारी साधन बगेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस