
काठमाडौं, १८ भदौ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहमाथि अर्को एउटा रोचक टिप्पणी गरेका छन् । बालेनले सफल हुनका लागि आफ्नो सल्लाहमा हिँड्नै पर्ने उनको दाबी छ ।
साम्पाङ लेख्छन्, ‘बालेन तिम्लाई मैले भनेकै हुँ, पुरानो साथी भएको नाताले ! २७-२८ जना सल्लाहकारको कुरा सुन्नु भन्दा मेरो फेसबुकको वाल पढ्नु अनि अघि बढ्नु !’
उनी थप्छन्, ‘यसपालि पनि मैले के भनेको थेँ उद्धारको बारेमा ? तिम्लाई असफल बनाउन तिम्रै सल्लाहकारहरू जिम्मेवार छन् ! तिमी सफल बन्नका लागि मेरो सल्लाहमा हिँड्नै पर्छ ! मुखले I love you भन्दिन । म शब्दमा होइन, व्यवहारमा छ मेरो माया ! तिम्लाई असफल तिम्रै वरिपरिको मान्छेहरूले बनाउँदैछन् ! आँखा चिम्लेर सोच ! तनको आँखाले हेर्दा मलाई देख्दैनौ ! मलाई देख्न मनको आँखा खोलेर हेर ! मनको आँखाले हेर तिम्रो असल मित्रले टाढै बसेर तिम्लाई गाली गरेरै भए पनि सही ठाउँ र सही भूमिकामा ल्याउन चाहेको छ ! यो कुरा बुझ्दा ढिलो भैसक्छ होला तर !’
