भाउजू हत्या प्रकरणमा मोरङ प्रहरीले देवरलाई नियन्त्रणमा लियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २३, मंगलबार (१० घण्टा अघि)
  • ३८ पटक पढिएको
भाउजू हत्या प्रकरणमा मोरङ प्रहरीले देवरलाई नियन्त्रणमा लियो

मोरङ, २३ असार। मोरङको ग्रामथानमा सोमबार राति महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

ग्रामथान गाउँपालिका–६ झोवावनी बस्ने कपिल खवासकी पत्नी २१ वर्षीया सीमा राजवंशीको हत्या गरेको आरोपमा उनकै देवर २१ वर्षीय सौचन राजवंशी पक्राउ परेका हुन् । उनले घाँटीमा खुकुरी प्रहार गरेर सीमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार सीमाको घाँटी छिनेको अवस्थामा शव फेला परेको थियो । उनले घरको आँगनमा हत्या गरेपछि घिसार्दै शौचालयनजिक लगेर शव फालेका थिए ।

सौचनले भाउजूको हत्या गर्नुको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

देवर-भाउजूबीचको झगडा छुट्याउने क्रममा सौचनका ठूलोबुवा शिवलाल खवास पनि घाइते भएका छन् । खुकुरीले दाहिने कुममा गहिरो चोट लागेका छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस