भाजपा कार्यालयमा रवि लामिछानेलाई भव्य स्वागत, राजनीतिक भेटघाट सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १९, मंगलबार (१० घण्टा अघि)
  • ३७ पटक पढिएको
भाजपा कार्यालयमा रवि लामिछानेलाई भव्य स्वागत, राजनीतिक भेटघाट सुरु

काठमाडौ, १९ जेठ। भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले आजबाट राजनीतिक भेटघाट सुरू गरेका छन् ।

सत्तारुढ भाजपाको निमन्त्रणामा दिल्ली गएका उनको भाजपा पार्टी कार्यालयमा भव्य स्वागत भएको छ ।

रवि भाजपा कार्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित उनलाई भाजपा नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

उनले भाजपाका अध्यक्ष नीतिन नविनसँग भेटेका छन् । भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपाको कार्यालयको संरचनाबारे जानकारी गराएका थिए ।

भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।

लामिछाने पाँच दिने भ्रमणका लागि सोमबार भारत गएका हुन् । उनले नेपाली समुदाय र समर्थकहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

भारत बसाइका क्रममा उनले अयोध्या भ्रमण समेत गर्नेछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस