भोटेकोशीमा ठूलो बाढी, नदी किनारमा जोखिम बढेपछि सतर्कता अपनाउन आग्रह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (५२ मिनेट अघि)
  • ५१ पटक पढिएको
भोटेकोशीमा ठूलो बाढी, नदी किनारमा जोखिम बढेपछि सतर्कता अपनाउन आग्रह

काठमाडौ, १० भदौ। रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए ।

तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी आफूले पाएको उनले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु । के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन । बुझ्ने प्रयास भइरहेको छ ।’

भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस