सातै प्रदेशका प्रहरी प्रमुख डीआईजीलाई मुख्यालयमा उपस्थित हुन निर्देशन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
  • ३१ पटक पढिएको
सातै प्रदेशका प्रहरी प्रमुख डीआईजीलाई मुख्यालयमा उपस्थित हुन निर्देशन

काठमाडौं,१२ कात्तिक। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन् ।

पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका कार्कीले डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका हुन् ।

पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरु सहभागी हुन्छन् । पीसीसी बैठक २ बजे बस्ने बताइएको छ । तर डीआईजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन ।

‘डीआईजीहरुलाई हिजो नै आउन भनिएको थियो । त्यसअनुसार केही आइसक्नु भएको छ, केही आउँदै हुनुहुन्छ,’ प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस