मानव बेचबिखनमा संलग्न चार जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २६, बिहिबार (२ हप्ता अघि)
  • ११२ पटक पढिएको
मानव बेचबिखनमा संलग्न चार जना पक्राउ

काठमाडौं, २६ चैत। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई महिलासहित चार जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएकाे टाेलीले उनीहरूलाई पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया वास्ना माया योञ्जन, चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखाको भीमेश्वर नगरपालिका–४ का सुष्मा तामाङ र धादिङको थाक्रे गाउँपालिका–७ का ४२ वर्षीय हरिशम्शेर रायमाझी पक्राउ परेका हुन् ।

अभियुक्तहरूले प्रलोभनमा पारेर नाबालिगलाई वेश्यावृत्तिमा लगाएको तथा केहीलाई हङकङमा आकर्षक तलबमा बेयराको काममा लगाइदिने प्रलोभनमा पारी कम्बोडिया पुर्‍याएको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस