मुख्यमन्त्री थापामगरले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ५, शुक्रबार (२ घण्टा अघि)
  • २५ पटक पढिएको
मुख्यमन्त्री थापामगरले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिँदै

काठमाडौ, ०५ भदौ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार (७ भदौ)मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनको १८ औँ बैठक भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने जनाएको हो ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सभामुखले बैठक बस्ने मिति र समय निर्धारण गरेका छन् ।

उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार थापाले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

बागमतीमा नयाँ सत्ता समीकरणअन्तर्गत एमाले, नेकपा र राप्रपाको समर्थनमा ४ भदौ बिहीबार थापा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस